Kathmandu Press

हिमालपारिका च्यांग्रा काठमाडौंमा (तस्बिरहरु)

दशैंमा बिक्री गर्नका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट १६ दिन हिडाएर व्यवसायीले सयौं च्यांग्रा राजधानी काठमाडौं ल्याएका छन्।
हिमालपारिका च्यांग्रा काठमाडौंमा (तस्बिरहरु)

काठमाडौं, कात्तिक ३ : दशैं सुरु भएसँगै खसी, बोका र च्यांग्रा देशका विभिन्न भागबाट काठमाडौं ल्याउन थालिएको छ। सोमबार मुस्ताङका च्यांग्रा काठमाडौं पुगेका छन्।

मुस्ताङबाट १६ दिन हिडाएर च्यांग्रा काठमाडौं ल्याइएका हुन्। सोमबार भक्तपुरको सल्लाघारीमा भेटिएका व्यवसायीले यस वर्ष च्यांग्रा प्रतिकिलो एक हजार रुपैयाँका दरले बिक्री गरिरहेको बताए।

उनीहरुले सयौं च्यांग्रा ल्याएका छन्। विगतको तुलनामा यस वर्ष च्यांग्राको बिक्री घटेको उनीहरुले बताएका छन्।

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्