राष्ट्रपति विद्यादेवी भण्डारी ल्हासामा
ल्हासा, वैशाख १७ : राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा पुगेकी छन्।<....

ल्हासा, वैशाख १७ : राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा पुगेकी छन्।
उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरे। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बीआरई सम्मेलनमा सहभागी भएकी थिइन्।
त्यस्तै, सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक भएको थियो। जसमा सात सम्झौतामा हस्ताक्षर समेत भएको छ।
चीन भ्रमणका क्रममा राष्ट्रपति आज ल्हासा पुगेकी हुन्। ल्हासाबाटै नेपाल फर्किने कार्यक्रम रहेको छ।
राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी पनि ल्हासा पुगेका छन्।











