Kathmandu Press

प्रदेश २ मा पनि कम्युनिस्ट सरकार आवश्यक : प्रचण्ड

ललितपुर, वैशाख १७ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा पनि कम्युनिस्ट नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन्।

प्रदेश २ मा पनि कम्युनिस्ट सरकार आवश्यक : प्रचण्ड

ललितपुर, वैशाख १७ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा पनि कम्युनिस्ट नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन्।

आज खुमलटार निवासमा मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई नेकपामा स्वागत गर्दै प्रचण्डले भने, ‘तराई मधेसमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्याहाँको जनताको हितमा हुन्छ ।’

उनले संविधान संशोधनका लागी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर प्रक्रिया सुरु गर्ने बताए।

‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ,’ उनले भने।

मधेश क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनको भनाइ थियो। ‘हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसंग जोड्ने फाष्ट ट्र्याकको काम पनि अघि बढेको छ’ उनले भने।

मधेस तराई पार्टीका अध्यक्ष अमर यादवलगायत नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्।

प्रकाशित मिति: ११:२८ बजे, मंगलबार, वैशाख १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्