फोरम प्रदेश २ को अध्यक्षमा विजय यादव
लहान, वैशाख १७ : सङ्घीय समाजवादी फोरम प्रदेश २ को अध्यक्षमा विजय यादव निर्वाचित भएका छन्।
फोरम प्रदेश २ को कार्यसमितिका लागि भएको मतदानमा फो....

लहान, वैशाख १७ : सङ्घीय समाजवादी फोरम प्रदेश २ को अध्यक्षमा विजय यादव निर्वाचित भएका छन्।
फोरम प्रदेश २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका यादव निर्वाचित भएका हुन्।
सोमबार राति सम्पन्न मतगणना परिणामअनुसार विजय यादवले एक सय ८४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी रेणु यादवले एक सय ४७ मत प्राप्त गरिन्। प्रदेश समितिको निर्वाचनमा चार सय पाँच मतदाता थिए।
फोरमको नयाँ विधानअनुसार प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ का लागि निर्वाचन भएको थियो। सदस्यका लागि दुई सयले उम्मेदवारी दिएका थिए।
अब नयाँ समितिले तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्षसहित १० पदाधिकारी मनोनित गर्ने छ।











