गैँडाको आक्रमणबाट मृत्यु
चितवन, वैशाख १७ : भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, भरत....

चितवन, वैशाख १७ : भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, भरतपुर–२८ भङ्गाहकै ४६ वर्षीय खडेन्द्रकुमार महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको हो। माछा मारी घर फर्कने क्रममा हिजो राति ९ बजे गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका थिए।
घाइते खडेन्द्रको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
प्रकाशित मिति: १०:२१ बजे, मंगलबार, वैशाख १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











