देशको बनाउने इच्छाशक्ति शिलाजित होकि यार्चागुम्बा?
मारे पाप पाले पुण्य,भनि खुट्टा पखालेरकन्यालाई दान दिनेसमाजको छोरी म । दिनैपिच्छे सुनिनेबलात्कारको समाचारलेबिछिप्त पक्कै छु,तर अचम्मित भने छैन ।देशमा कानुन त छदै छैनपापको...
मारे पाप पाले पुण्य,
भनि खुट्टा पखालेर
कन्यालाई दान दिने
समाजको छोरी म ।
दिनैपिच्छे सुनिने
बलात्कारको समाचारले
बिछिप्त पक्कै छु,
तर अचम्मित भने छैन ।
देशमा कानुन त छदै छैन
पापको डर त कसलाई छ र यहाँ ?
कानुन बनाउन ठेक्का पाएका
माननिय भनिने जग्गाका दलाललाई,
आफ्नै आँगनमा
राजधानी चाहिएको छ।
दलालको हातमा देशको
तालाचाबी छ ।
तपाईलाई आशा छ
बनाउछन् देश यिनैले?
घुम्ने मेचमा जस्तो
कुर्सी फेरि फेरि बस्ने ।
युवराजहरु रहदादासम्म,
न डा. केसीको
अनसनले यो देशको
स्वास्थ्य सेवा सुध्रिन्छ,
न सत्याग्रहले
केपी बा’को शासन नै।
गुर्जोको लहराले
रोगशक्ति बढाउने सुने।
लौन चाडै पिलाऊ
दलालहरूलाई गुर्जोको जुस ।
देश विकासको
इच्छाशक्ति बढाउने
छ कुनै त्यस्तो अरु जडिबुटी ?
शिलाजित होकि यार्चागुम्बा?
प्रकाशित मिति: ००:५३ बजे, आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












