सरकारको नीति तथा कार्यक्रम वैशाख २० मा आउने
काठमाडौं, वैशाख १६ : सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम पेश गर्ने वैशाख २० गते गर्ने भएको छ।
राष्ट्रपति विद्....

काठमाडौं, वैशाख १६ : सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम पेश गर्ने वैशाख २० गते गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते अपराह्न बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभामुख कृष्णबहादुर महराले जानकारी दिए।
बजेट ल्याउनु अघि सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ। सरकारलाई आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट जेठ १५ गतेभित्रै ल्याउनु पर्ने संवैधानिक वाध्यता छ। बजेटको तयारी स्वरुप अर्थ मन्त्रालयले एक चरण सबै मन्त्रालयसँग प्रि-बजेट छलफल गरिसकेको छ।
प्रकाशित मिति: १९:३६ बजे, सोमबार, वैशाख १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











