Kathmandu Press

पाल्पामा जीप दुर्घटना, ५ जनाको मृत्यु

तानसेन, वैशाख १६ : पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेको चारघरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। 

निस्द....

पाल्पामा जीप दुर्घटना, ५ जनाको मृत्यु

तानसेन, वैशाख १६ : पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेको चारघरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। 

निस्दी गाउँपालिका–४ मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जाँदै गरेको लु १ ज १९४१ नम्बरको जीप सोमबार दिउँसो दुर्घटना हुँदा जीपका चालक बुद्धिबल थापा, चारघरेका ५२ वर्षीय खड्गबहादुर सोमी र ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० वर्षीय सन्तबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी विश्वमणी पोखरेलले जानकारी दिए।

जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप बिहेका लागि निस्दीको मित्याल भीरपानीमा दुलाहादुलही छाडेर हुवास फर्कने क्रममा दुर्घटनामा परेको हो। घटनाको थप विवरण भने आउन बाँकी छ।
 

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, वैशाख १६, २०७६