Kathmandu Press

श्रीमानद्वारा जलाउने प्रयास गरिएकी निर्मलाकुमारीको निधन

काठमाडौं, वैशाख १६ : श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका-१ की २० वर्षीया निर्मलाकुमारी यादवको  निधन भएको छ....

श्रीमानद्वारा जलाउने प्रयास गरिएकी निर्मलाकुमारीको निधन
सांकेतिक तस्वीर

काठमाडौं, वैशाख १६ : श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका-१ की २० वर्षीया निर्मलाकुमारी यादवको  निधन भएको छ। 

यादवको सोमबार कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरीवृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए। यादवको दिउँसो ४ बजे निधन भएको अस्पतालले जनाएको छ। 
    
वैशाख ५ गते श्रीमान् मुकेश गोइत यादवले आफ्नै घरको कोठामा थुनी निर्मलालाई मट्टीतेल छर्की जलाउने प्रयास गरेका थिए। मट्टितेल छर्की हत्या प्रयास गरिएकी यादवलाई उपचारका लागि केही दिनअघि मात्र अस्पताल भर्ना गरिएको थियो। रासस

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्