Kathmandu Press

कोरोनाविरुद्धको दोस्रो खोपलाई रुसले दियो प्रयोग गर्न अनुमति, तेस्रो खोप डिसेम्बरसम्म आउने 

कोरोनाविरुद्धको दोस्रो खोपलाई रुसले दियो प्रयोग गर्न अनुमति, तेस्रो खोप डिसेम्बरसम्म आउने 

काठमाडौं, असोज २९ : रुसले कोरोना भाइरसको दोस्रो भ्याक्सीनलाई प्रयोगका लागि अनुमति दिएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार एपिभ्याककोरोना नामको खोपको प्रारम्भिक परीक्षणपछि प्रयोगका लागि अनुमति दिएका हुन्।

साइबेरियन बायोटेक कम्पनी वेक्टर इन्स्टिच्युटले विकसित गरेको यो खोप पेप्टाइडमा आधारित छ। कोरोनबाट बच्नका लागि यो खोप २ पटक लगाउनुपर्नेछ। 

खोपको प्रयोगका लागि अनुमति दिइएपनि करिब एक सय जनामा गरिएको परीक्षणको नतिजा सार्वजनिक भने गरिएको छैन। राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमा बोल्दै प्रयोगका लागि अनुमति दिनु अघि गरिएको परीक्षण सफल रहेको बताएका छन्। 

मस्को टाइम्सका अनुसार रुसका उपप्रधानमन्त्री तटयाना गोलिकोवालागयतका उच्च पदस्थ अधिकारीले समेत यो खोप लगाएका छन्। यस्तै डिसेम्बरसम्म रुसले बनाएको कोरोना भाइरसको तेस्रो खोपलाई समेत प्रयोगको अनुमति दिइने उपप्रधानमन्त्री गोलिकोवाले बताएका छन्। 

रुसले यसअघि अगस्ट ११ मा कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक भीलाई प्रयोगका लागि अनुमति दिएको थियो।

प्रकाशित मिति: १९:३५ बजे, बिहीबार, असोज २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्