टिकट काउन्टरका कर्मचारीले अब अनिवार्य पोशाक लगाउनु पर्ने
काठमाडौं, वैशाख १६ : अब सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य पोशाक लगाउनु पर्ने भएको छ।
सोमबारबाट राष्ट्रिय यातायात व्य....

काठमाडौं, वैशाख १६ : अब सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य पोशाक लगाउनु पर्ने भएको छ।
सोमबारबाट राष्ट्रिय यातायात व्यवसायी महासंघले गंगबुस्थित नयाँ बसपार्कबाट पोशाकको सुरुवात गराएको जनाएको छ। महासंघका महासचिव सरोज सिटौलाका अनुसार देशभरका काउन्टरमा लागू गर्ने तयारी भएको जानकारी दिए।
‘केही दिनभित्र देशभरका काउन्टरमा अनिवार्य एउटै पोशाक लागू हुनेछ,’ सिटौलाले भने। बसर्पाकमा पोशाक नहुँदा यात्रुहरु ठगिने गरेको गुनासो आएपछि ट्राफिक प्रहरी र व्यवसायीको सहमतिमा पोशाक लागू गरिएको हो।
दशै, तिहार जस्ता पर्वहरुमा कर्मचारीभन्दा अन्यबाटै यात्रु ठगिने भएकाले पोशाकको व्यवस्थासँगै समस्या समाधान हुने आशा गरिएको सिटौलाले बताए।











