कोरोनाको ‘रेड जोन’मा १० जिल्ला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका १० जिल्ला ‘रेड जोन’मा रहेका छन्। त्यसमा काठमाडौं, ललितपुर र भक्तपुर पनि छन्।भक्तपुर, असोज २८ : कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ। काठमाडौं उपत्यकासहित देशका केही जिल्ला उच्च जोखिममा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका १० जिल्ला ‘रेड जोन’मा रहेका छन्। काठमाडौं उपत्यकालगायत १० जिल्लामा कोरोना संक्रमण धेरै रहेको छ।
रेड जोनमा रहेका १० जिल्लामध्ये काठमाडौं उपत्पका तीन जिल्ला पनि छन्। जसमा काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, धनुषा, चितवन, सुनसरी, मोरङ, रौतहट, बाँके, रुपन्देही र कैलाली छन्। यि जिल्लामा संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
काठमाडौं : कोरोना संक्रमणको उच्च जोखिम रहेका १० जल्लामध्ये पहिलो नम्बरमा काठमाडौं रहेको छ। असोज २७ गतेसम्मको तत्यांकअनुसार, काठमाडौंमा ३७ हजार तीन सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरुमध्ये २० हजार तीन सय ६४ जना निको भएका छन् भने एक सय ४२ जनाको मृत्यु भएको छ। यस्तै अहिले काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६ हजार आठ सय ७६ रहेको छ।
मोरङ : कोरोना संक्रमित धेरै भएको दोस्रो जिल्ला मोरङ हो। यहाँ अहिलेसम्म पाँच हजार तीन सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ।
संक्रमितमध्ये तीन हजार चार हजार ४९ जना निको भएका छन्। यस्तै, कोरोनाबाट ३९ जनाको ज्यान गएको छ। ऋहिले सक्रिय संक्रमितको संख्या एक हजार आठ सय ५७ रहेको छ ्।
ललितपुर : कोरोना संक्रमितहरु धेरै भएका जिल्लामा तेस्रो नम्बरमा ललितपुर रहेको छ। ललितपुरमा संक्रमितको संख्या पाँच हजार एक हजार ५१ रहेको छ।
संक्रमितमध्ये दुई हजार पाँच सय २३ जना निको भएका छन् भने ४१ जनाको मृत्यु भएको छ। यस्तै सक्रिय संक्रमितको संख्या दुई हजार पाँच सय ८७ रहेको छ। काठमाडौंपछि धेरै सक्रिय संक्रमित ललितपुरमै रहेका छन्।
रुपन्देही : रेड जोनका १० जिल्लामा चौथो नम्बरमा रुपन्देही रहेको छ। अहिलेसम्म चार हजार एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई हजार ६ सय ८३ जना निको भएका छन्। कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ भने अहिले सक्रिय संक्रमितको संख्या एक हजार चार हजार ४६ रहेको छ।
भक्तपुर : पाँचौ नम्बरमा भक्तपुर रहेको छ। भक्तपुरमा तीन हजार ६ सय ६७ जना कोरोना संक्रमण देखिएको छ भने दुई हजार एक सय ८३ जना निको भएका छन्। कोरोनाबाट ३० जनाको मृत्यु भएको छ भने एक हजार चार सय ५४ सक्रिय संक्रमित रहेका छन्।
सुनसरी : धेरै संक्रमण देखिएको जिल्लामा छैटौं नम्बरमा सुनसरी रहेको छ। सुनसरीमा तीन हजार पाँच सय ५२ जना कोरोना देखिएको छ। कोरोनाबाट २९ जनाको मृत्यु भएको छ भने एक हजार सात सय ८४ जना निको भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या एक हजार सात सय ३९ रहेको छ।
चितवन : सातौ नम्बरमा रहेको चितवनमा संक्रमितको संख्या तीन हजार एक सय ६८ रहेको छ। दुई हजार दुई सय ११ जना निको भएका छन भने ३३ जनाको मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या नौ सय २४ रहेको छ।
कैलाली : कोरोना संक्रमित रेड जोनका १० जिल्लामा कैलाली आठौं नम्बरमा रहेको छ। दुई हजार नौ सय ९३ संक्रमितमध्ये दुई हजार चार सय ९९ जना निको भएका छन्। अहिलेसम्म नौ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या चार सय ८५ रहेको छ।
पर्सा : संक्रमित धेरै रहेका जिल्लामा नौ नम्बरमा पर्सा रहेको छ। यहाँ अहिलेसम्म दुई हजार नौ सय ७९ जनामा कोरोना देखिएको छ भने दुई सात सय ७९ जना निको भएका छन्। कोरोनाबाट ४६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या एक सय ५४ रहेको छ।
बाँके : रेड जोनका १० जिल्लाको पुछारमा बाँके रहेको छ। बाँकेमा देखिएका दुई हजार पाँच सय २४ संक्रमितमध्ये एक हजार नौ सय ७९ जना निको भएका छन्। कोरोनाबाट २० जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पाँच सय २५ रहेको छ।
सक्रिय संक्रमित धेरै रहेका ६ जिल्ला
अहिले सबैभन्दा धेरै सक्रिय संक्रमितहरु रहेका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी र रुपन्देही हुन्। काठमाडौंमा कोरोनाका सक्रिय संक्रमितहरुको संख्या १६ हजार आठ सय ७६ रहेको छ।
यस्तै ललितपुरमा दुई हजार पाँच सय ८७ जना, भक्तपुरमा एक हजार चार सय ५४ जना, मोरङमा एक हजार आठ सय ५७ जना, सुनसरीमा एक हजार सात सय ३९ जना र रुपन्देहीमा एक हजार चार सय ४६ जना सक्रिय संक्रमित रहेको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तत्थ्यांकअनुसार, देशभर संक्रमितको संख्या एक लाख १५ हजार दुई हजार ३८ पुगेको छ। उनीहरुमध्ये ७८ हजार सात सय ८० जना निको भएका छन् भने ६ सय ६३ जनाको मृत्यु भएको छ। यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार नौ सय १५ रहेको छ।