नेकपा सचिवालय बैठकले स्वीकृत गर्यो सरकारको नीति–कार्यक्रम
काठमाडौं, वैैशाख १६ : नेकपा सचिवालय बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएक....
काठमाडौं, वैैशाख १६ : नेकपा सचिवालय बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको छ। बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको नेकपाले जनाएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबारे भने, 'सचिवालयकाे अनाैपचारिक बैठक थियाे । नीति कार्यक्रम बारे सुझाव मागिएकाे थियाे । सुझाव दिइयाे । सकियाे ।' बैठकमा दुई अध्यक्ष, दुई वरिष्ठ नेतासहित सबैकाे उपस्थिति थियाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति–कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: १४:५३ बजे, सोमबार, वैशाख १६, २०७६
थप समाचार






