अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको आयोग गठन गर्न माग
काठमाडौं, वैशाख १६ : द्वन्द्वपीडित तथा नागरिक समाजले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दायित्वअनुरुपको आयोग गठन गर्न सरकासँग माग गरेको छ।
द....

काठमाडौं, वैशाख १६ : द्वन्द्वपीडित तथा नागरिक समाजले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दायित्वअनुरुपको आयोग गठन गर्न सरकासँग माग गरेको छ।
द्वन्द्वपीडित एवं मानवअधिकारकर्मीले प्रदर्शन गर्दै यसअघिको ऐन अन्तर्राष्ट्रिय दायित्वअनुरुप नभएको जिकिर गरेका छन्। उनीहरूले अब अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आयोग गठन गर्न माग गरेका हुन्।
यस अघिको ऐनले सङ्क्रमणकालीन न्याय सुनिश्चित नगरेको र पीडितमैत्री पनि नभएको उनीहरूको भनाइ छ। उनीहरूले यस अघिको ऐन संशोधन गरेर नै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन्।
चार वर्षअघि सर्वोच्च अदालतले उक्त ऐन संशोधन गर्न आदेश दिइसकेको छ।
कार्यक्रममा मानवअधिकारकर्मी, द्वन्द्वपीडित, नागरिक समाजका अगुवा र कानुनव्यवसायी सहभागी थिए।
शान्तिका लागि साझा अभियान कोक्यापका अध्यक्ष बद्रीप्रसाद भुसालले ऐन संशोधन नगरी आयोग गठन गरे पीडितमाथि अन्याय हुने बताए। सरकारले हतारमा आयोग गठन नगरी ऐन संशोधन गर्नुपर्ने उनको भनाइ थियो।











