Kathmandu Press

बजारमा चंगा : दशैं आएको संकेत

काठमाडौं, असोज २६ : दशैं आएसँगै बजारमा चंगाको बिक्री वितरण सुरु भएको छ। वर्षात् सकिनैलाग्दा काठमाडौं उपत्यकामा चंगा उडाउने चलन रहेको छ । यो...
बजारमा चंगा : दशैं आएको संकेत

काठमाडौं, असोज २६ : दशैं आएसँगै बजारमा चंगाको बिक्री वितरण सुरु भएको छ। 

वर्षात् सकिनैलाग्दा काठमाडौं उपत्यकामा चंगा उडाउने चलन रहेको छ । यो नेवारी जनजीवनको शरदकालीन संस्कृति हो। 

उपत्यकामा चंगाको होलसेल व्यापार गर्ने धेरै छन्। हरेक खाले चंगा भारतको पटना, कलकत्ता, लखनउबाट ल्याउने गरिन्छ। तर यो वर्ष कोरोना भाइरसको संक्रमणको कारण भारतबाट चंगा आयात गर्न कठिनाई भएको छ।

बजारमा सेता, राता, पहेंला, हरिया, गुलाबी, छिरबिरे, बैजनी, सुन्तलाजस्ता अनेक रंगका चंगाका सानादेखि ठूला आकारमा आयात हुने गर्छ। यो वर्ष प्लास्टिकका रंगीविरंगी चंगाले बजार ढाकेको छ। 

 

प्रकाशित मिति: ००:१४ बजे, मंगलबार, असोज २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्