Kathmandu Press

नायिका स्वेता खड्काको गर्धनमा ट्यूमर, दिल्लीमा शल्यक्रिया

काठमाडौं, वैशाख १६ : नायिका स्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतको नयाँ दिल्लीमा शल्यक्रिया गरिएको छ।

आज नायिका खड्काले सामाजिक सञ्जा....

नायिका स्वेता खड्काको गर्धनमा ट्यूमर, दिल्लीमा शल्यक्रिया
स्वेता खड्काको फेसबुकबाट।

काठमाडौं, वैशाख १६ : नायिका स्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतको नयाँ दिल्लीमा शल्यक्रिया गरिएको छ।

आज नायिका खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै ट्यूमरको शल्यक्रिया गरिएको बताएकी छन्। भारतको नयाँ दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी हस्पिटलमा शल्यक्रिया गरिएको हो।

सफल शल्यक्रिया गरेकोमा उनले बीएलके अस्पतालका डा.सुरेन्द्रकुमार दाबस र त्यसका लागि सबै व्यवस्था गरेका नेपाली चिकित्कस डा.पंकजलाई धन्यवाद दिएकी छन्।

उनी केही दिन अघि फिल्म ‘हेलो जिन्दगी’को सुटिङका लागि लन्डन पुगेकी थिइन्। सुटिङका क्रममा गर्धन र चिउँडो दुखेपछि चिकित्सकलाई देखाएकी थिइन्।

चिकित्सकले गर्धनमा ट्यूमर भएको र त्यसलाई शल्यक्रिया गरेर फाल्नु पर्ने बताएका थिए। शल्यक्रिया एक–दुई महिना पछि गर्दा पनि हुने चिकित्सकको सुझाव थियो।

त्यसपछि उनी फिल्म ‘हेला जिन्दगी’को सुटिङमा लागेकी थिइन्। तर, झन दुख्न थालेपछि दोस्रो पटक चिकित्सकलाई देखाएकी थिइन्। तत्काल शल्यक्रिया गर्नु पर्ने चिकित्सकको सुझावपछि दिल्ली आएर शल्यक्रिया गरेको उनले बताएकी छन्।

नायिका स्वेता खड्का ट्यूमरको शल्यक्रियापछि दिल्लीको बीएलके हस्पिलटमा।

उनले अब ‘हेलो जिन्दगी’मा खेल्न नसक्ने जनाएकी छन्। त्यसका लागि दुःख व्यक्त गरेकी छन्।

अहिले उनी दिल्लीकै बीएलके हस्पिटलमा छिन्। उनको स्वास्थ्यमा सुधार आएको जनाएको छ।

प्रकाशित मिति: ११:५७ बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्