Kathmandu Press

बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं, वैशाख १६ : संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। आज दिउसो ४ बजे संसद्को पहिलो बैठक आह्वान गरिएको छ।

सरकारको सिफारिसमा रा....

बजेट अधिवेशन सुरु हुँदै
फाइल फोटो

काठमाडौं, वैशाख १६ : संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। आज दिउसो ४ बजे संसद्को पहिलो बैठक आह्वान गरिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी थिइन्। आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानबारे पठाएको पत्र सभामुख कृष्णबहादुर महराले पढेर सुनाउने कार्यतालिका रहेको छ।

त्यसपछि सभामुखले संसद्को अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने छन्।

संसद पहिलो बैठकमा अन्य तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

यो अधिवेशनमा सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ। जेठ १५ गते बजेट प्रस्तुत गरिने छ।

त्यस्तै, वैशाख २० गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: १०:५३ बजे, सोमबार, वैशाख १६, २०७६