Kathmandu Press

एकीकरणको भावनाअनुसार पार्टी चल्नुपर्छ: रावल

धनगढी,  वैशाख १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टी एकीकरणको भावनाअनुसार चल्नुपर्ने बताएका छन्।

सुदूरपश्च....

एकीकरणको भावनाअनुसार पार्टी चल्नुपर्छ: रावल

धनगढी,  वैशाख १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टी एकीकरणको भावनाअनुसार चल्नुपर्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेशकाले आइतबार आयोजना गरेको नवनियुक्त जिल्ला अध्यक्ष तथा सचिवको शपथग्रहण कार्यक्रममा नेता रावलले पार्टी अब सामूहिक प्रणालीबाट सञ्चालन हुनुपर्नेमा जोड दिए। तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकीकरण गर्ने क्रममा अब जिल्ला कमिटीले छिट्टै पूर्णता पाउन लागेको उनले बताए। 

शपथग्रहण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट, प्रदेश सहइन्चार्ज लक्ष्मणदत्त जोशीलगायतले पार्टीलाई बलियो बनाएर लैजानुपर्ने बताए। दुई पार्टी एकीकरण गर्ने क्रममा सुदूरपश्चिम प्रदेशका बाजुरा, कैलाली, डोटी, अछाम र बैतडीका अध्यक्ष तत्कालीन नेकपा (एमाले)ले र सचिव तल्कालीन नेकपा (माओवादी) केन्द्रको भागमा परेको छ।

यस्तै प्रदेशको कञ्चनपुर, बझाङ, दार्चुला र डडेलधुराको अध्यक्ष तत्कालीन नेकपा (माओवादी केन्द्र)कोे र सचिव तत्कालीन नेकपा (एमाले)को भागमा परेको छ।

प्रकाशित मिति: १८:४९ बजे, आइतबार, वैशाख १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्