राष्ट्रपति भण्डारी तीन दिन तिब्बतमा बिताएर स्वदेश फर्कने
काठमाडौं, वैशाख १५ : चीनको राजकीय भ्रमणमा रहेकी विद्यादेवी भण्डारी चीनको ल्हासा हुँदै नेपाल फर्कने छिन्।
बेल्ट एण्ड रोड फोरम फर इन्टरने....

काठमाडौं, वैशाख १५ : चीनको राजकीय भ्रमणमा रहेकी विद्यादेवी भण्डारी चीनको ल्हासा हुँदै नेपाल फर्कने छिन्।
बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरआई फोरम) मा सहभागितासहितको राजकीय भ्रमणमा रहेकी राष्ट्रपतिको भोलिसम्म राजकीय भ्रमणकै कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले काठमाडौंप्रेससँग भने, ‘भोलिसम्म उहाँको राजकीय भ्रमण नै छ । त्यसपछि ल्हासा भएर स्वदेश फर्कनु हुनेछ।’
राष्ट्रपति भण्डारीले तीन दिन तिब्बतको राजधानी ल्हासामा बिताउने कार्यक्रम छ । उनी आगामी बिहीबार मात्र काठमाडौं फर्कने छिन्।राष्ट्रपति भण्डारी चीनिया समकक्षी सी जिनपिङको निमन्त्रणामा बैशाख ११ गते बिहान चीन प्रस्थान गरेकी हुन्। राष्ट्रपतिले बेइजिङमा सम्पन्न बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनको बैठकलाई हिजो सम्बोधन गरेकी थिइन्।
भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा नेता योगेश भट्टराई लगायत सहभागी छन्। राष्ट्रपति भण्डारीको भ्रमणलाई चीनले निकै महत्व दिएको बताइएको छ।











