सगरमाथा बेसक्याम्पमा चार शव भेटिए
काठमाडौं, वैशाख १५ : सगरमाथा बेसक्याम्पमा चारवटा शव भेटिएका छन्। सगरमाथा बेसक्याम्पको सरसफाइका क्रममा आइतबार चारवटा शव भेटिएको पर्यटन विभाग....
काठमाडौं, वैशाख १५ : सगरमाथा बेसक्याम्पमा चारवटा शव भेटिएका छन्। सगरमाथा बेसक्याम्पको सरसफाइका क्रममा आइतबार चारवटा शव भेटिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्।
उनका अनुसार सगरमाथा सफाइ अभियानका क्रममा बेस क्याम्प पुगेको टोलीले सफाइ गर्दा ती शव भेटिएका हुन्। ‘सफाइका क्रममा अहिलेसम्म चार वटा पुराना शव भेटिएका छन्,’उनले भनिन्,‘शवको पहिचान भने हुन सकेको छैन।’
सरकारले वैशाख १ गतेदेखि सुरु गरिएको सफाइ अभियानमा खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोली सहभागी छन्।
विभागले अहिलेसम्म सगरमाथा बेसक्याम्पमा तीन हजार किलोग्राम फोहोर संकलन भइसकेको छ। सरसफाइ अभियान सम्पनन गर्न करिव २ करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च लाग्ने विभागको अनुमान छ।






