Kathmandu Press

राजधानीमा कोरोना बढ्दै, स्वास्थ्य सतर्कता घट्दै

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएपनि उपत्यकाबासीले भने स्वास्थ्य सतर्कतामा ध्यान दिने गरेका छैनन्।
राजधानीमा कोरोना बढ्दै, स्वास्थ्य सतर्कता घट्दै

काठमाडौं, असोज २३ : काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएको छ। तर, उपत्यकाबासीले स्वास्थ्य सतर्कतामा भने ध्यान दिन छोड्दै गएका छन्।

कोरोना संक्रमणको सुरुआति चरणमा स्वास्थ्य सतर्कता अपनाएको भएपनि पछिल्लो समय भने लापरबाही देखिन थालेको छ। मास्क लगाउने क्रम घट्दै गएको छ भने मास्क लगाएपनि चिउडो तल राख्ने गरिएको छ।

त्यस्तै, भौतिक दूरी पनि राख्न छोडिएको छ। सार्वजनिक स्थलमा भीडभाड अत्यधिक बढेको छ। तर, एक सातायता उपत्यकामा कोरोना संक्रमण दर भने दोब्बर देखिएको छ।

काठमाडाैंका केही दृश्यः

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, असोज २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्