नेपालले जित्यो एसिसी यू-१६ क्रिकेटको उपाधि
काठमाडौं, वैशाख १५ : मलेसियालाई हराउँदै नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार थाइल्या....
काठमाडौं, वैशाख १५ : मलेसियालाई हराउँदै नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार थाइल्याण्डमा भएको फाइनलमा नेपालले मलेसियालाई ५९ रनले हराउँदै उपाधि उचालेको हो। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको मलेसिया ३४.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनमै सीमित भयो।
मलेसियाका लागि मोहम्मद हजिक ऐमानले १८, वान मोहम्मद अजामले १६ र जिनेन्द्र मुरलीले १४ रन जोडे। त्यसबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। मलेसियालाई सस्तैमा समेट्न नेपालका विशाल कुमार पटेलले चार तथा दीपक बोहराले तीन विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेटको क्षतिमा १४० रनको योगफल तयार पारेको थियो।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोड्दा दीपक बोहराले २३ रनको योगदान दिए। यस्तै, विशालविक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन जोडेका थिए।






