Kathmandu Press

नेपालमा लगानी गर्न चिनियाँ व्यापारीलाई राष्ट्रपतिको आग्रह

बेइजिङ, वैशाख १५ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष व....

नेपालमा लगानी गर्न चिनियाँ व्यापारीलाई राष्ट्रपतिको आग्रह
रासस

बेइजिङ, वैशाख १५ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङलगायत व्यापारीले भेट गरेका छन्।

आज भएको भेटमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चले भेटघाट कार्यक्रम आयोजना गरेकाेमा धन्यवाद दिइन्। दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पुर्‍याएको राष्ट्रपतिले उल्लेख गरिन्।

भेटमा राष्ट्रपति भण्डारीले चिनीयाँ व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह गरिन्। नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक विकास गर्नैपर्ने आवश्यकता बढेको र लगानीका लागि उचित वातावरण भएका राष्ट्रपतिको जिकिर थियो।

भेटघाटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, नेपाल सरकारका उच्चअधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए। (रासस)

 

प्रकाशित मिति: १२:५२ बजे, आइतबार, वैशाख १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्