यसरी चल्यो खुलामञ्चमा डोजर (फोटो फिचर)
काठमाडौं, वैशाख १४ : काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटरहरु भत्काएको छ।
सटर भत्काउन शनिबार दिउँसो काठमाडौं....
काठमाडौं, वैशाख १४ : काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटरहरु भत्काएको छ।
सटर भत्काउन शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले डोजर परिचालन गरेको थियो। खुलामञ्चको अतिक्रमण गरी अनुमतिबिना सटर बनाएर भाडामा लगाइएको भन्दै जनस्तरबाट दबाब आएपछि महानगरपालिकाले सटर भत्काउने निर्णयमा पुगेको हो।

यसअघि शुक्रबार काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भिमसेनदास प्रधानसहितको टोलीसँग काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा बनेका सटर भत्काउने प्रतिबद्धता जनाएका थिए।

खुलामञ्च अतिक्रमण गरेर महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएको थियो। त्यसपछि विभिन्न संघसंस्था तथा काठमाडौंबासीहरुले नै खुलामञ्च अतिक्रमण गरी सटर बनाएर भाडामा लगाइएको भन्दै हटाउन दबाब दिँदै आएका थिए। खुलामञ्चमा अनुमतिबिना ४० वटाभन्दा बढी सटर बनाएर भाडामा लगाइएको थियो।








