प्रदेशलाई केन्द्र सरकारले नै प्रहरीको व्यवस्थापन गर्छ: गृहमन्त्री थापा
जनकपुरधाम, वैशाख १४ : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नम्बर २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बत....

जनकपुरधाम, वैशाख १४ : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नम्बर २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताएका छन्।
गृह मन्त्रालयले शनिबार जनकपुरधाममा आयोजना गरेको प्रदेश नम्बर २ स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री थापाले संविधानमा दुईवटा प्रमुख जिल्ला अधिकारीको व्यवस्था नरहेको बताए। सरकारले संघीयता विरोधी कुनै पनि विधेयक नल्याएको बताउँदै मन्त्री थापाले केन्द्रले संविधानअनुसार नै प्रदेश प्रहरीको व्यवस्थापन गर्ने बताए।
उनले सरकारले नागरिकता समस्या हल गरिसकेको पनि बताए। उनले सर्वोच्च अदालतले विसं २०५४ को नागरिकताबारे आदेश दिएको र विगतमा सोको बारेमा पनि सरकारले स्पष्ट कारण दिइसकेकाले विसं २०५८ को नागरिकताको समस्या हल गरेको स्पष्ट पारे।
मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा मुलुकमा सुशासन, शान्ति, सुरक्षा स्थितिको सुदृढ गर्ने काम भएको दाबी गरे। उनले स्वतन्त्र मधेशको माग राख्ने सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने र संविधान विरोधी शक्तिको गतिविधिलाई निस्तेज पारेर राष्ट्रिय अखण्डता र शान्ति सुरक्षा कायममा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए। संविधान विरोधीलाई पनि मूलधारमा ल्याउन सरकार प्रयासरत रहेको बताए।











