Kathmandu Press

काठमाडौं महानगरले भत्कायो खुलामञ्चमा बनेका सटर 

काठमाडौं, वैशाख १४ : काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाएका सटर भत्काएको छ। 

खुलामञ्चको अतिक्रमण गरी अनुमतिबिना सटर....

काठमाडौं महानगरले भत्कायो खुलामञ्चमा बनेका सटर 

काठमाडौं, वैशाख १४ : काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाएका सटर भत्काएको छ। 

खुलामञ्चको अतिक्रमण गरी अनुमतिबिना सटर बनाएर भाडामा लगाइएको भन्दै जनस्तरबाट दबाब आएपछि महानगरपालिकाले सटर भत्काएको हो। सटर भत्काउनका लागि शनिबार दिउँसोदेखि नै काठमाडौं महानगरपालिकाले डोजर परिचालन गरेको थियो। 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भिमसेनदास प्रधानसहितको टोलीसँग खुलामञ्चमा बनेका सटर भत्काउने प्रतिबद्धता जनाएका थिए। 

खुलामञ्च अतिक्रमण गरेर महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएको थियो। त्यसपछि विभिन्न संघसंस्था तथा काठमाडौंबासीहरुले नै खुलामञ्च अतिक्रमण गरी सटर बनाएर भाडामा लगाइएको भन्दै हटाउन दबाब दिँदै आएका थिए। 

खुलामञ्चमा अनुमतिबिना ४० वटाभन्दा बढी सटर बनाएर भाडामा लगाइएको थियो।
 

प्रकाशित मिति: १३:०५ बजे, शनिबार, वैशाख १४, २०७६