Kathmandu Press

डा. विष्णुमाया परियार ‘ग्लोबल युथ लिडरशीप अवार्ड'बाट सम्मानित

काठमाण्डौं, वैशाख १३ : अमेरिकामा कृयाशील सामाजिक अभियन्ता डा. विष्णुमाया परियार  ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित भएकी छिन....

डा. विष्णुमाया परियार ‘ग्लोबल युथ लिडरशीप अवार्ड'बाट सम्मानित

काठमाण्डौं, वैशाख १३ : अमेरिकामा कृयाशील सामाजिक अभियन्ता डा. विष्णुमाया परियार  ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित भएकी छिन्। 

शुक्रबार काठमाण्डौंमा आयोजित ‘ग्लोबल युथ लिडरशीप समिट २०१९’ मा नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनालले सामाजिक अभियन्ता डा. परियारलाई उक्त पुरस्कारबाट  सम्मानित गरेका हुन्।

सामाजिक रूपान्तरणको लागि कृयाशील एडवान संस्थाको संस्थापक अध्यक्ष तथा जर्सी सिटी मेयरकी सल्लाहकार डा. परियारले अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी काउन्सिलबाट टिपिएस रिजोलुसन पास गराउन सफल भएकी थिईन।

 उनले नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकि भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउनकाम सम्पनन गरेकी थिइन् । 
जर्सी सिटी पहिलो अमेरिकि शहर हो।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित भैसकेकी सामाजिक अभियन्ता डा.परियारले नेपालमा दलित महिलाको अधिकारको क्षेत्रमा क्रियाशिल छन् । 
 

प्रकाशित मिति: २१:५० बजे, शुक्रबार, वैशाख १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्