पतीले ज्युदै जलाएका मण्डलको उपचारकाक्रममा निधन
सिराह, वैशाख १३ : सिराहको कल्याणपुरमा पतीले जिउदै जलाएर घाइते भएकी २१ वर्षीया कञ्चन मण्डलको निधन भएको छ।
बिहिबार बिहान खाना पकाइरहेकोब....

सिराह, वैशाख १३ : सिराहको कल्याणपुरमा पतीले जिउदै जलाएर घाइते भएकी २१ वर्षीया कञ्चन मण्डलको निधन भएको छ।
बिहिबार बिहान खाना पकाइरहेकोबेला मण्डलका पतीले पछाडीबाट शरिरमा आगो लगाएका थिए । आगोले जलेकी कञ्चनालाई उपचारको लागि काठमाडौंको सुस्मा कोइराला मेमोरीयल अस्पताल ल्याइएको थियो।
कञ्चनको ८० प्रतिशतभन्दा बढी शरीर जलिसकेको र सिराहबाट काठमाडौं ल्याउदा ढिलाइका कारण वचाउन नसकिएको अस्पतालले जनाएको छ।
पतीले आगो लगाएपछि कञ्चन घरभित्र कराएर गुहार मागेकी थिइन् । त्यसपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । कञ्चनले पती र सासुमिलेर जलाएको प्रहरी सामु वयान दिएकाले सासु सुर्जि खात्वेलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित मिति: २१:३१ बजे, शुक्रबार, वैशाख १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











