असार १९ गतेदेखि निगमको जापान उडान हुने
काठमाडौं, वैशाख १३ : नेपाल वायुसेवा निगमले असार तेस्रो सातादेखि जापान उडान गर्ने भएको छ।
शुक्रबारसाँझ निगमले जापानको ओशाका उडानको कार्....
काठमाडौं, वैशाख १३ : नेपाल वायुसेवा निगमले असार तेस्रो सातादेखि जापान उडान गर्ने भएको छ।
शुक्रबारसाँझ निगमले जापानको ओशाका उडानको कार्यतालिका सार्वजनिक गरेको छ । असार १७ गतेदेखि सातामा तीन उडान गर्ने निगमले जनाएको छ ।
निगमले नयाँ वाईडवडी एयरबस ३३० जहाज मार्फत जापान उडान भर्न लागेको हो।
निगमको जापान उडानले जापानमा रहेका नेपालीहरु सहित जापानी पर्यटकहरुको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ । जापानमा हाल १ लाख हाराहारी नेपालहरु कामदार र शैक्षिक भिषामा रहेका छन्। जापानसंग सिधा उडान नहुदा बर्सेनि जापानबाट नेपाल आउने पर्यटक सख्या बृद्दि हुन सकेको थिएन।

प्रकाशित मिति: २१:१९ बजे, शुक्रबार, वैशाख १३, २०७६
थप समाचार






