Kathmandu Press

एक वर्षमा ३० डलर बढ्यो नेपालीको आय

काठमाडौं, वैशाख १३ : नेपालीको प्रतिव्यक्ति आय ३० डलर बढेको छ। यस वर्ष प्रतिव्यक्ति आय एक हजार ३४ डलर पुगेको छ।

केन्द्रीय तथ्यांक विभागले शुक....

एक वर्षमा ३० डलर बढ्यो नेपालीको आय

काठमाडौं, वैशाख १३ : नेपालीको प्रतिव्यक्ति आय ३० डलर बढेको छ। यस वर्ष प्रतिव्यक्ति आय एक हजार ३४ डलर पुगेको छ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार तथ्यांक सार्वजिक गर्दै नेपालीको प्रतिव्यक्ति आय ३० डलर बढेको जनाएको हो।

विभागका अनुसार, गत वर्ष नेपालीको आय एक हजार ३४ डलर पुगेको। गत वर्ष एक हजार चार डलर रहेको थियो।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहेको छ।

योसँगै नेपालको आर्थिक बृद्धिदर लगातार तीन वर्ष ६ प्रतिशतभन्दा बढी रहेको हो। गत वर्ष ६.३ प्रतिशत रहेको थियो।

 

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, वैशाख १३, २०७६