Kathmandu Press

मनमोहनले विकासको भोक जगाउनुभयो ः प्रधानमन्त्री

ललितपुर, वैशाख १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले  वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार....

मनमोहनले विकासको भोक जगाउनुभयो ः प्रधानमन्त्री
रासस

ललितपुर, वैशाख १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशका पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले  वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताएका छन्।

मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको २०औं स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यतिबेला अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उल्लेख गरे।

वर्तमान सरकार अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उनको भनाइ थियो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायतको उपस्थिति थियो।

पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गने निधन भएको थियो।

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, वैशाख १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्