Kathmandu Press

प्रत्यारोपण केन्द्रका नर्स आन्दोलनमा, आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौं, वैशाख १३ : तलब नपाएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका नर्स आन्दोलनमा उत्रिएका छन्। उनीहरूले काम गर्न छोडेपछि आकस्मिक....

प्रत्यारोपण केन्द्रका नर्स आन्दोलनमा, आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौं, वैशाख १३ : तलब नपाएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका नर्स आन्दोलनमा उत्रिएका छन्। उनीहरूले काम गर्न छोडेपछि आकस्मिक र आईसीयूबाहेकका सेवा प्रभावित भएका छन्।

समयमा तलब नपाएको भन्दै नर्सिङ संघ एकाई र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको नेतृत्वमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्। समयमै तलब दिनुपर्ने, तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने लगायतका माग राखेका छन्।

यस अघि उनीहरू कालोपट्टी बाँधेर काम गर्दै आएका थिए। सामान्य विरोध गर्दा मागको सुनुवाइ नभएपछि काम छोडेर आन्दोलन गर्नु परेको उनीहरूले जनाएका छन्।

नर्स र कर्मचारीको आन्दोलनले केन्द्रको सेवा ठप्प भएको छ। आकष्मिक र आइसीयूबाहेकको सेवा रोकिएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, वैशाख १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्