Kathmandu Press

अमेरिकी राष्ट्रपतीय चुनाव : ट्रम्प र बाइडन पहिलो पटक आमनेसामने बहसमा 

काठमाडौं, असोज १४ : संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिना हुन लागेको राष्ट्रपतीय चुनावअघि दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प...
अमेरिकी राष्ट्रपतीय चुनाव : ट्रम्प र बाइडन पहिलो पटक आमनेसामने बहसमा 

काठमाडौं, असोज १४ : संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिना हुन लागेको राष्ट्रपतीय चुनावअघि दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस भइरहेको छ।

ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला उक्त बहस सुरु भएको हो। बाइडनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

Hardik ivf

त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ। अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्त्व दिने गर्छन्। ओहायोको क्लिभल्यान्डबाट प्रत्यक्ष प्रसारण भइरहेको उक्त बहस लाखौँ मानिसले हेर्ने अपेक्षा गरिएको छ।

कोरोनाभाइरसका कारण उक्त स्टुडियोमा भने केही मानिसहरू मात्र सहभागी छन्। बहसमा पन्ध्र-पन्ध्र मिनेटका ६ वटा भाग हुनेछन्। त्यसमा अर्थतन्त्र, कोरोनाभाइरस र सर्वोच्च अदालत लगायतका विषयमा बहस केन्द्रित हुनेछ। -बीबीसी 

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्