कोरोना महामारीले रोकिएको अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक
काठमाडौं, असोज १४ : लोकसेवा आयोगले कोरोना महामारीका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ।आर्थिक बर्ष ०७६।७७...
काठमाडौं, असोज १४ : लोकसेवा आयोगले कोरोना महामारीका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ।
आर्थिक बर्ष ०७६।७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ ।
आयोगको सुचना अनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ७ गतेबाट सञ्चालन हुने छ।
परीक्षामा नेपाल सरकारले तोकेको सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने बताईएको छ ।

प्रकाशित मिति: १३:३६ बजे, बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











