अनशनरत डा. केसीका माग तत्काल सम्बोधन गर्न निगरानी समितिको माग
काठमाडौं, असोज १३ : जवाफदेहिता निगरानी समितिले अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गरेर तत्काल माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।समितिका संयोजक...
काठमाडौं, असोज १३ : जवाफदेहिता निगरानी समितिले अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गरेर तत्काल माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
समितिका संयोजक चरण प्रसाईंले मंगलबार विज्ञप्ति जारी गरी अनशनरत डा. केसीका माग सम्बोधन गरेर जीवन रक्षा गर्न माग गरेका हुन्। डा. केसीले नेपालको स्वास्थ्य-शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको कार्यान्वयनजस्ता माग सम्बोधन गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
‘डा केसीले ज्यान जोखिममा राखेर थाल्नुभएको सत्याग्रह कुनै व्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त व्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उहाँबीच भएको सहमतिको पूर्ण कार्यान्वयनका लागि हो,’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: २३:४२ बजे, मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











