कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज १३ : कर्णाली प्रदेशमा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्ज मेडिकल...
काठमाडौं, असोज १३ : कर्णाली प्रदेशमा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार थपिएका संक्रमितमध्ये सुर्खेतका ३४ जना रहेका छन्। त्यस्तै कालिकोटका चार जना, दैलेखका तीन जना, जुम्ला र हुम्लाका दुई/दुईजना, डोल्पा र जाजरकोटका एकरएकजना र अन्य प्रदेशका चार जना रहेका छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४९४ पुगेको छ।
संक्रमितमध्ये हालसम्म २९०५ कोरोनामुक्त भएका छन्।
प्रदेशमा हाल ४५६ जना कोरोना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: २३:२४ बजे, मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

