Kathmandu Press

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौं, असोज १३ : सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन्। सिंहदरबारस्थित कार्यकक्षमा बझाङ...
बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौं, असोज १३ : सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन्। 

सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका संघीय सांसदसँगको आजको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताए।

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानूनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे। उनले आफ्नातर्फबाट  समेत विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गरेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकलगायत सांसदले सभामुख सापकोटालाई भेटेर बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण  गराएकी थिइन्। सांसदले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: २२:३८ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्