Kathmandu Press

रुपन्देहीमा मंगलबार थपिए ९५ जना कोरोना संक्रमित

काठमाडौं, असोज १३ : रुपन्देहीमा थप ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मंगलबारबार गरिएको परीक्षणमा रुपन्देहीमा थप ९५ जनामा कोरोनाको संक्रमण...
रुपन्देहीमा मंगलबार थपिए ९५ जना कोरोना संक्रमित
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १३ : रुपन्देहीमा थप ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

मंगलबारबार गरिएको परीक्षणमा रुपन्देहीमा थप ९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थपिएका नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २९ जना महिला रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९१ जनाको मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ७३१ जना डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:३६ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्