Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु 

काठमाडौं, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। 

Hardik ivf

यस्तै, मंगलबार नेपालमा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९१ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ७३१ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:१३ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्