Kathmandu Press

बाँकेमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

बाँकेमा कोरोना भाइरसको संक्रमणबाट  थप तीन जनाको मृत्यु भएको छ। 
बाँकेमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
सांकेतिक तस्वीर।

नेपालगञ्ज, असोज १३ : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट  थप तीन जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए। 

उनका अनुसार कोरोना संक्रमणबाट ३९ र ५३ वर्षीय पुरुष तथा ७६ वर्षीया महिलाको मृत्यु भएको छ। 

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।
 

प्रकाशित मिति: २२:३२ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्