Kathmandu Press

अबको निर्वाचनबाट कांग्रेस फेरि ठूलो पार्टी बन्छ : भण्डारी

तनुहँ, असोज १३ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले अबको निर्वाचनबाट कांग्रेस फेरि ठूलो पार्टी बन्ने दाबी गरेका छन्।कांग्रेस बन्दीपुर गाउँ समितिले...
अबको निर्वाचनबाट कांग्रेस फेरि ठूलो पार्टी बन्छ : भण्डारी
कांग्रेस नेता शंकर भण्डारी।

तनुहँ, असोज १३ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले अबको निर्वाचनबाट कांग्रेस फेरि ठूलो पार्टी बन्ने दाबी गरेका छन्।

कांग्रेस बन्दीपुर गाउँ समितिले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका भण्डारीले अबको चुनावपछि कांग्रेस फेरि ठूलो पार्टी बन्ने दाबी गरेका हुन्। कांग्रेस कार्यकर्तामा पनि निराशा छाएको आफूले महसुस गरेको भन्दै उनले निराश नहुन कार्यकर्ताहरुलाई आग्रह गरे। 

भण्डारीले पार्टी संगठनलाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताए। उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताए। 

फरक प्रसंगमा भण्डारीले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाए। ‘देशमा आर्थिक समृद्धि हुन्छ, देश विकास हुन्छ भनेर जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका हुन्, तर आज धेरै जनतामा निराशा मात्रै देखेको छु,’उनले भने,‘“सरकार जनभावनाअनुसार चल्नुपर्छ।’
 

प्रकाशित मिति: २०:४९ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्