Kathmandu Press

पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी आमालाई कोरोना

काठमाडौं, असोज १३ : पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी आमा एवं बागमती प्रदेश सांसद मुनु सिग्देललाई कोरोना भाइरसको संक्रमण देखिएको छ।उनी असोज ५ गते...
पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी आमालाई कोरोना

काठमाडौं, असोज १३ : पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी आमा एवं बागमती प्रदेश सांसद मुनु सिग्देललाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनी असोज ५ गते हेटौंडाबाट काठमाडौ आएकी थिइन्। काठमाडौंमा रुघाखोकी लागेपछि कोरोना परीक्षण गराएकी थिइन्। कोरोना रिपोर्ट पोजिटिभ आएको उनले बताइन्।

अहिले उनी काठमाडौंमै होम आइसोलेसनमा बसेकी छन्। अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको उनले बताइन्।

नेकपा मकवानपुरकी अध्यक्षसमेत रहेकी सांसद सिग्देललाई संक्रमण देखिएपछि परिवारका अन्य सदस्यको पनि परीक्षण गरिएको थियो। परिवारका सदस्यलाई भने संक्रमण नदेखिएकाे उनले बनाइन्।

 

प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्