Kathmandu Press

पर्साका थप २४ जनामा कोरोना संक्रमण

वीरगन्ज, असोज १३ : पर्सामा थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २४ जनामा संक्रमण देखिएको हो।...
पर्साका थप २४ जनामा कोरोना संक्रमण

वीरगन्ज, असोज १३ : पर्सामा थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २४ जनामा संक्रमण देखिएको हो। अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसीयाका अनुसार संक्रमण देखिएकाहरुमा एक जना महिला २३ जना पुरुष रहेका छन्।

नारायणी अस्पतालको प्रयोगशालामा एक सय ९२ नमुना परीक्षण गरिएको थियो। जसमा २५ जनामा संक्रमण देखिएको उनले बताए । एक जना भने बाराका रहेका छन्। संक्रमण देखिएकाहरु १८ देखि ७० वर्षसम्मका रहेका छन्।

पर्सामा थपिएका २४ जनामध्ये १८ जना वीरगन्ज महानगरपालिकाका छन्। उनीहरुमध्ये एक जना एभरेस्ट बैंकका कर्मचारी हुन्। त्यस्तै, कालिकामाई गाउँपालिकाका पाँच र ठोरी गाउँपालिका एक जना रहेका छन्।

 

प्रकाशित मिति: १९:४१ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्