Kathmandu Press

महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली संकटमा

लिमा, असोज १३ : कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले बताएका छन्। पहिलो लहरको कोरोना भाइरस...
महामारीका कारण पेरूको समग्र स्वास्थ्य प्रणाली संकटमा

लिमा, असोज १३ : कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली नै जोखिममा रहेको स्वास्थ्य मन्त्री पिलार मज्जेतीले बताएका छन्। 

पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा रहेको तर अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू सुरू भएसँगै दोस्रो प्रकोपको जोखिम बढ्ने चेतावनी उनले सोमबार स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा बताए।

‘यदि हामीले यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेनौँ भने दोस्रो लहरको महामारी बढ्ने जोखिम हुनेछ जसले पेरूको स्वास्थ्य सेवा प्रणालीमा नै व्यापक असर पर्नेछ।’  

स्वास्थ्यसँग सम्वद्ध सबै निकायको सहकार्यका कारण कैयौ नियन्त्रणका उपाय सफल भएको र उच्च रक्तचाप, मधुमेह तथा मृगौलासम्बन्धी समस्याजस्तै दीर्घकालीन रोगका लागि समस्या नआएको तर सचेतना र सतर्कता नभएमा स्वास्थ्य प्रणाली प्रभावित हुने उनको भनाइ थियो। 

सोमबारसम्ममा पेरूमा संक्रमितको संख्या आठ लाख आठ हजार ७१४ पुगेको छ भने ३२ हजार ३२४ संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: १९:३६ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्