Kathmandu Press

विवादपछि पद्मश्री साधना सम्मान र पुरस्कार रद्द

काठमाडौं, असोज १३ : यस वर्ष प्रदान गरिने भनिएको पद्यश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने भएको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन...
विवादपछि पद्मश्री साधना सम्मान र पुरस्कार रद्द

काठमाडौं, असोज १३ : यस वर्ष प्रदान गरिने भनिएको पद्यश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने भएको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएको सम्मान विवाद सिर्जना भएपछि रद्द गरिएको हो। 

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो।

उप्रेतीले यौन हिंसाको आरोप लागेका प्रश्रितसँग उभिएर एउटै मञ्चबाट पुरस्कार नलिने घोषणा गरेपछि विवाद सिर्जना भएको थियो।

त्यसपछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका थिए।

विवादपछि प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुर्याउने उद्देश्य नभएको बताउँदै स्रष्टाहरुको आत्मसम्मानमा ठेस लागेकोप्रति क्षमायाचना गरेका छन्। साथै यस वर्ष कसैलाई पनि पुरस्कार तथा सम्मान नदिइने निर्णय भएको बताएका छन्।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीन–तीन लाख रुपैयाँ छ ।

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्