बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
नेपालगन्ज, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ।गएराति नेपालगन्जस्थित भेरी अस्पतालमा दुई जनाको मृत्यु भएको बाँकेका प्रमुख...
नेपालगन्ज, असोज १३ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ।
गएराति नेपालगन्जस्थित भेरी अस्पतालमा दुई जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनीहरुको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
कोरोनाबाट कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष र नेपालगन्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालतका अनुसार नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन्।
दुवै जनालाई केही दिन अघि कोरोना संक्रमण देखिएको थियो। उनीहरुलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।
प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











