२४ घण्टामा विश्वभर दुई लाख २६ हजार कोरोना संक्रमित थपिए
काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये सबैभन्दा धेरै भारतमा ६९...
काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये सबैभन्दा धेरै भारतमा ६९ हजार ६०० रहेका छन्।
यस्तै, अमेरिकामा ३५ हजार ३००, ब्रजिलमा १६ हजार, अर्जेन्टिनामा ११ हजार ८०० र रसियामा आठ हजारजनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा विश्वभर तीन हजार ९४७ जनाको मृत्यु भएको छ।
जसमध्ये भारतमा ७७७, ब्रजिलमा ३८५, अर्जेन्टिनामा ३६४, र अमेरिकामा ३०६, रसियामा १५३ तथा इरानमा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म विश्वभर मृत्यु हुनेको संख्या १० लाख ६ हजार पुगेको छ।
तीन करोड ३५ लाख कुल संक्रमितमध्ये दुई करोड ४८ लाख मानिस उपचारपछि निको भएका छन्।
प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












