Kathmandu Press

बाँकेमा जाजरकोटकी कोरोना संक्रमित महिलाको मृत्यु

नेपालगञ्ज, असोज १२ : कोरोना भाइरसको संक्रमणबाट जाजरकोटकी एक महिलाको बाँकेमा मृत्यु भएको छ। कोरोनाबाट संक्रमित जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया महिलाको सोमबार मृत्यु...
बाँकेमा जाजरकोटकी कोरोना संक्रमित महिलाको मृत्यु
सांकेतिक तस्वीर।

नेपालगञ्ज, असोज १२ : कोरोना भाइरसको संक्रमणबाट जाजरकोटकी एक महिलाको बाँकेमा मृत्यु भएको छ। 

कोरोनाबाट संक्रमित जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो।  सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल लैजाने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।  

असोज ६ गते कोरोना पुष्टि भएकी ती महिलामा केही दिनदेखि पित्तथैलीको समस्या देखिएको थियो। ती महिलाको शव व्यवस्थापनको तयारी भइरहेको श्रेष्ठले बताए।
 

प्रकाशित मिति: ०१:३६ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्