Kathmandu Press

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, तीन जना घाइते

हेटौँडा, असोज १२ : मकवानपुरमा ट्रकले ट्याक्टरलाई ठक्करबाट एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।ट्रकको ठक्करबाट ट्याक्टर चालक बाराको...
मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, तीन जना घाइते
सांकेतिक तस्वीर।

हेटौँडा, असोज १२ : मकवानपुरमा ट्रकले ट्याक्टरलाई ठक्करबाट एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।

ट्रकको ठक्करबाट ट्याक्टर चालक बाराको परवानीपुर गाउँपालिका–१ का २२ वर्षीय लालबहादुर यादवको मृत्यु भएको हो।

सोमबार दिउँसो ना ५ ख ४१६४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ३ त ६९३१ नम्बरको ट्याक्टरलाई हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक ट्याक्टरलाई ठक्कर दिएको थियो।

ठक्कर दिने ट्रक र त्यसका चालक धनुषाको मिथिला गाउँपालिकाका गङ्गाराम महतोलाई  प्रहरीले पक्राउ गरेको छ।

दुर्घटनामा घाइते भएका तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: ०१:०८ बजे, मंगलबार, असोज १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्