Kathmandu Press

कांग्रेसका पूर्वसांसद रायको निधन

काठमाडौं, असोज १२ : पूर्वसांसद एवं नेपाली कांग्रेस सप्तरीका पूर्वसभापति हरिप्रसाद राय अमातको निधन भएको छ।मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको सोमबार...
कांग्रेसका पूर्वसांसद रायको निधन

काठमाडौं, असोज १२ : पूर्वसांसद एवं नेपाली कांग्रेस सप्तरीका पूर्वसभापति हरिप्रसाद राय अमातको निधन भएको छ।

मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको सोमबार ८५ वर्षको उमेरमा धरानमा उपचारका क्रममा मृत्यु भएको हो।
    
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसका तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

पछि उनी तमलोपामा केन्द्रीय सदस्य बनेका थिए भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उनी सक्रिय थिए। उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति: २३:४७ बजे, सोमबार, असोज १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्